नियम ३१
चरी चराउन सक्ने
आफ्नो घरपालुवा जीवजन्तुलाई निकुञ्जभित्र चरी चराउन चाहने वा गोठ राख्न चाहने स्थानीय व्यक्तिले अनुसूची -२ मा तोकिए बमोजिमको दस्तूर बुझाउन पर्नेछ र त्यस्तो व्यक्तिलाई संरक्षकले तोकेको क्षेत्रमा तोकेको अवधिको लागि चरी चराउन वा गोठ राख्न अनुसूची -८ बमोजिमको अनुमतिपत्र दिन सक्नेछ ।
तर निकुञ्जभित्र चरीचराउन दिन मनासिव नहुने ठानेमा संरक्षकले कुनै खास समयसम्मका लागि चरिचराउन वा गोठ राख्ने अनुमती बन्द गर्न सक्नेछ ।